काठमाडौं । जुम्लाबाट आफ्नो १९ औं अनसन सुरु गरेका डा.गोविन्द केसीलाई नेपालगञ्जबाट ११ बजेर १५ मिनेटको फ्लाइटमा काठमाडौं पुग्नासाथ ट्रमा सेन्टर लगेको छ । डा.केसीलाई त्रिभुवन विमानस्थल ओर्लिनासाथ प्रहरीले ट्रमा सेन्टर पु¥याएका हुन् ।
केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेको बताइएको छ । वीर अस्पताललाई कोरोना संक्रमित जाँच्ने अस्पताल बनाएपछि राष्ट्रिय ट्र सेन्टरमा अस्पतालका सेवा प्रदान गरिदै आएको छ । अहिले केसीलाई सेन्टरको इमरजेन्सी कक्षमा राखिएको छ ।
डा .केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीर्घ पूर्वाधार तथा जनशक्ति पु¥याएर पठनपाठन सुरु गर्नुपर्ने, गण्डकी प्रदेश तथा प्रदेश २ वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज स्थापनाका लाथि प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतका माग राख्दै आफ्नो अनसन सुरु गरेका थिए ।
अनसनलाई निरन्तरता दिने क्रममा जुम्लामा धरपकड हुन सक्ने भन्दै केसी काठमाडौं फर्किएका हुन् ।