पर्वतको कुश्मा नगरपालिकाका ३ जना पुरुषलाई कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पर्वतका ३ जनालाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु जिल्लाको कुश्मा नगरपालिका ७ का १९, २० तथा ३३ वर्षीय ३ जना पुरुष रहेका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय ८२ पुगेको छ ।

कमेन्टहरु
Loading...