काठमाडौं । हिमाल आरोही आङरिता शेर्पाको आज बिहान १० बजे उनकै निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको छ । विख्यात पर्वतारोही आङरिताको जन्म सोलुखुम्बुको थामेमा भएको थियो । सन् १९८३ बाट आरोहण सुरु गरेका उनले बिना अक्सिजन १० पटकसम्म विश्वकै उच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । उनी विश्वभरी हिम चितुवा उपनामले प्रख्यात थिए । पारिवारिक स्रोतका अनुसार शेर्पा विगत ३ वर्षदेखि बिरामी थिए । आज बिहान उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको हो ।
