वैवाहिक सम्बन्ध कसरी बलियो बनाइराख्ने ?

गन्थन डेस्क । विवाह हरेक मानिसको जिन्दगीमा एउटा महत्वपूर्ण र अर्थपूर्ण समय हो । विवाहपश्चात हरेकको जीवन नयाँ यात्रा तर्फ दौडिन्छ पनि । नयाँ परिवार, नयाँ माहोल, नयाँ नातासँगै आपसी सम्बन्ध पनि सुन्दर बनाउन सकिने हुन्छ । केही परिवर्तन आफैमा गर्नुपर्छ भने केही परिवर्तन आफ्नो जीवनसाथीमा पनि ।

जसका कारण पारिवारीक जिन्दगी सुमधुर बन्न सक्छ । केही सामान्य तर महत्वपूर्ण कुरा छन्, जसलाई ध्यानमा राख्न सके वैवाहिक जीवनमा प्रेम थपिन सक्छ र सम्बन्ध पनि मजबुत बन्ने गर्दछ । जो कसैको भर्खरै विवाह भएको छ भने आफ्नो जीवन साथीको धेरैभन्दा धेरै केयर गरेका पाउँछौ । सँगै घुम्ने, नयाँ ठाउँको भ्रमणमा जाने, लामो दूरीको यात्रामा निस्कनका लागि एकअर्काले समय निकाल्ने जस्ता गतिविधि विवाहको केही समयसम्म भई नै हाल्छ ।

तर समय बित्दै जाँदा पारिवारीक, व्येवहारिक, आर्थिक, सामाजिक जिम्मेवारी थपिने भएकाले सम्बन्धमा बिस्तारै दूरी बढ्दै जान्छ । तसर्थ, पारिवारीक सम्बन्ध बलियो बनाइराख्न विवाहको सुरुआती समयदेखिनै ध्यान दिनु जरुरी छ । त्यसका लागि आफू जतिनै व्यस्त र जिम्मेवारीमा रहेपनि एकअर्कालाई समय दिनु महत्वपूर्ण छ ।

व्यवसायिक वा घरायसी विषयमा छलफल गर्दा होस आफ्नो जीबनसाथीसँग सल्लाह लिने, दिनभर कार्यालयमा वा व्यापारमा रहँदा भएका कुरा आपसमा सेयर गर्नाले पनि वैवाहिक सम्बन्ध बलियो हुन्छ । तर यी कुरा गर्दा जीवनसाथी कस्तौ मूडमा छ÷छिन् भन्ने चाँहि ख्याल राख्नुपर्छ । त्यसका लागि ‘इभिनिङ वाक’ सही मौका बन्न सक्छ ।

विवाहपछि २ जनाको मात्र सम्बन्ध जोडिँदैन, २ अलग परिवार, रीतिरिवाज, संस्कार, संस्कृतिको पनि मिलन र आदानप्रदान हुनु आवश्यक छ । एकले अर्को परिवारप्रति सम्मान प्रकट गर्ने, एकापसको परम्परा बुझिदिने, एकअर्काको साथी सर्कलबारे सकारात्मकता राख्नाले पनि जीवनसाथीसँगको सम्बन्ध अझै बलियो हुने गर्छ ।

तर केही मानिसको बानी यस्तोसम्म हुन्छ कि आफ्नो जीवनसाथीको बारेमा मनबाट नै ख्याल राख्ने तर प्रेम दर्शाउन नसक्ने । त्यो बानी कुनैबेला हानिकारक बन्न सक्छ, कारण जीवनसाथीसँगको सम्बन्धमा प्रेम दर्शाउनु जरुरी मानिन्छ । जसले आफ्नो पति वा पत्नीलाई विशेष महसुस गराउँछ । हरेक मानिसले स–सानो कुराबाट पनि आफ्नो श्रीमान वा श्रीमतीलाई विशेष बनाउन सक्छ । जस्तो कि कहिलेकाहिँ हाँसो मजाक गर्ने, प्रेमपूर्वक अंकमाल गर्ने, कुनै खास मौका पर्नासाथ उपहार प्रदान गर्ने, जीवनसाथीको प्रशंसा गर्न कहिले पनि नचुक्ने जस्ता क्रियाकलापले पनि सम्बन्धलाई बलियो र नयाँपन दिइरहन्छ ।

सामान्यतयः रिसाउने, हाँस्ने, रमाईलो गर्ने हरेक मानिसका मानवीय गुण हुन् । कहिलेकाँहि रिस उठेका बेला जीवनसाथीलाई मन दुख्ने गरी भन्ने अवस्था पनि जीवनमा आउँछ, जसले एकअर्काको भावनामा ठेस लाग्नु स्वभाविक हो । यो अवस्थाले सम्बन्धमा दरार सृजना गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यदि वैवाहिक सम्बन्ध बलियो बनाइराख्ने हो भने रिस उठेको समय आपसमा कुराकानी नगर्नु नै उपयुक्त हुन्छ । यदि त्यस्तो भइहालेमा त्यस बेला गरिएको व्यवहारबारे माफी माग्दै नरमताका साथ समाधानतर्फ उन्मुख हुनुु उत्तम रहन्छ ।

कुनै पनि सम्बन्धमा व्यक्तिगत स्वायत्तता एकआपसमा स्वीकार गर्न सक्नु महत्वपूर्ण रहन्छ । किनकी हरेक मानिसको एक भिन्न जीवनशैली पनि हुने गर्छ । हरेक जोडी आफ्नो जीवनसाथीलाई माया गर्ने र अधिकार जमाउन चाहने हुन्छन् । तर कहिलेकाहिँ माया र केयरिङ बढी देखाउँदा समाज र अन्य साथीका अगाडि असहज महसुस पनि हुन सक्छ । यसैले सम्बन्ध टिकाइराख्न एकअर्काको व्यक्तिगत स्वायत्ततालाई पनि बुझ्नु जरुरी हुन्छ ।

यसबाहेक पनि वैवाहिक सम्बन्धको दिगोपनका लागि हरेक जोडीले आफ्नो जीवनसाथीका विषयमा गाम्भीरता प्रकट गर्दै आवश्यक कदम चाल्न सक्छन् । एजेन्सीको सहयोगमा

कमेन्टहरु
Loading...