रानीपोखरीमा ३ करोड लिटर पानी भरियो

काठमाडौं । २०७२ सालको विनानशकारी भुकम्पले क्षति पु¥याएपछि पुननिर्माण गरिएको काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरीमा ५ वर्षपछि पानी भरिएको छ ।

खानेपानी मन्त्रालय तथा खानेपानी आयोजनाको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले आज रानीपोखरीमा पानी भरेको हो । भुकम्पले क्षति पु¥याएको रानीपोखरीको पुननिर्माणको काम सम्पन्न हुने क्रममा रहेको छ ।

निर्देशनालयले २ दिन लगाएर पानी भरेपछि सांस्कृतिक तथा ऐतिहासिक धरोहर रानीपोखरी मनमोहक तथा सुन्दर देखिएको छ ।

निर्देशनालयका निर्देशक भोजविक्रम थापाका अनुसार पोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १ सय ८० मिटर तथा १ सय ४० मिटर चौडाई रहेको र ९ फिट गहिराई रहेको छ । त्यस्तै पानी भर्नका लागि ९ फिट गहिराई निर्धारण गरिएको थियो ।

कमेन्टहरु
Loading...