काठमाडौं । ललितपुरका फरक–फरक अस्पतालमा उपचाररत रहेका ४ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन तथा मेघा अस्पतालमा हिजो शुक्रबार तथा आज शनिबार ३ महिला सहित १ पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
यसरी कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेमा सर्लाहीका ६० वर्षीय पुरुष रहेका छन् । उनको शुक्रबार ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान भएको हो । उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै सोही अस्पतालमा उपचारका क्रममा ललितपुरकी ७६ वर्षीय वृद्धाको कोरोकाका कारण ज्यान गएको छ । मृतक महिला भदौ २० गते पाटन अस्पताल भर्ना भएकी थिइन् ।
यस्तै भदौ २५ गते सोही अस्पताल भर्ना भएकी ६८ वर्षीय वृद्धाको समेत कोरोनाबाट ज्यान गएको छ । उनी ललितपुर निवासी हुन् ।
यता मेघा अस्पतालमा उपचारका क्रममा भक्तपुरकी ९० वर्षीय वृद्धाको कोरोना संक्रमणबाट ज्यान गएको छ । असोज १ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ज्यान गएको हो ।