पाल्पा । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेसन कक्षमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणबाट जिल्लाको तानसेन नगरपालिका १४ अर्गलीकी ४२ वर्षीय महिलाले शुक्रबार राति १२ बजेको समयमा ज्यान गुमाएकी हुन् ।
भदौ ३० गते अस्पताल भर्ना भएकी उनी निमोनिया रोगबाट ग्रसित थिइन् ।
कोरोना भाइरससंग मिल्ने लक्षण देखिएपछि मृतक महिलालाई अस्पतालको प्रि–आइसोलेसन कक्षमा राखेर स्वाब संकलन पश्चात परीक्षण गर्दा शुक्रबार बेलुकी उनको रिर्पोट पोजेटिभ आएको थियो । स्वाब दिएको दिनमा नै घर फर्किएकी उनलाई स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि उपचारका लागि पुनः अस्पताल नै फर्किएकी थिइन् ।