पाल्पा । यहाँ कोरोना संक्रमित १ पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेसनमा रहेका तानसेन नगरपालिका –७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिएका छन् । अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएका ती बिरामीलाई कोरोना देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा गत भदौ २९ गते कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । रासस
