काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुरको सचिवालयमा कार्यरत १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । सचिवालयका १ जनालाई कोरोना पोजेटिभ आए पछि उनी समेत कन्ट्याक्ट ट्रेसिङमा परे लगत्तै उनी होम आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत ४ जना कार्मचारीको भने परीक्षण पश्चात रिर्पोट नेगेटिभ आएको छ । कन्याक्ट ट्रेसिङमा परेसंगै सभापति देउवा बालुवाटार बैठकमा समेत सहभागी नहुने भएका छन् । देउवा कन्याक्ट ट्रेसिङमा परेर होम आइसोलेसनमा बसेसंगै आज हुने भनिएको प्रमुख प्रतिपक्ष तथा सत्तारुढबीचको बैठक समेत स्थगित भएको बताइएको छ ।
