पोखरा । पोखरा महानगरपालिकामा ३ जना सहित गण्डकी प्रदेशमा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये पोखरा ४ का ३८ वर्षीय पुरुष हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका १३ घर भएका उनी पोखरामा पत्रकारिता गर्छन् ।
त्यस्तै पोखरा ६ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २७ र ३१ वर्षीय २ जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरु पर्यटक प्रहरी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका १० का २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको हो । उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।
नवलपरासी (ब.सु.पू) को कावासोती ८ का १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी ३८ वर्षका पुरुष हुन् । उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।