काठमाडौं । मंगलबार रातिबाट शरीरको तापक्रम एक्कासी बढेपछि नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पताल भर्ना भएका छन् । उनलाई काठमाडौंको ओम अस्पताल भर्ना गरिएको कोइरालाको स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका हुन् । भदौ २३ गते उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा बसिरहेका थिए । उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको र ज्वरो केही कम भएको बताइएको छ ।
