गन्थन डेस्क
केही सातादेखि चर्चामा रहेको विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा आज कुलमान घिसिङको पुनःनियुक्ति हुने भएको छ ।
जनभावना अनुसार प्राधिकरणमा कुलमानलाई नै दोहो¥याउन सरकार राजी भएको देखिएको छ । उर्जा मन्त्रालयले कुलमानलाई नियुक्ति गर्न आज मन्त्रीपरिषद् बैठकमा फाइल पठाएको स्रोतले बताएको छ । कुलमानको ४ वर्षे कार्यकाल आइतबार सकिएको हो ।
विशेष निर्णय गर्ने अधिकार क्याबिनेटलाई हुने र क्याबिनेट बैठक साताको सोमबार र बिहीबारमात्रै बस्ने भएकाले आइतबार कुनैपनि निर्णय हुन नसकेको हो । यसअघि मुकेशराज काफ्ले र हितेन्द्रदेव शाक्यको नाम चर्चामा आएपनि कुलमानले नै प्राधिकरणको बागडोर सम्हाल्ने भएका छन् ।
त्यस्तै, आजै नेकपा उपाध्यक्ष समेत रहेका गौतमलाई राष्ट्रियसभा नियुक्तीका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्नेछ ।