बुटवल । बुटवल र भैरहवामा १/१ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मृत्तक दुवै जना कपिलवस्तु जिल्ला चन्द्रौटाका हुन् । आज बिहान साढे ४ बजे जिल्लाको शिवराज नगरपालिका ५ की ४७ वर्षीय महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
भदौ २१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलालाई उच्च रक्तचाप तथा मृगौला सम्बन्धी समस्या रहेको समेत बताइएको छ ।
त्यस्तै सोही स्थानका ५८ वर्षीय पुरुषको समेत भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनको आइतबार राति १० बजे मृत्यु भएको हो । मृतकलाई दमको समस्या रहेको बताइएको छ ।