डिआइजी पार्वती थापा अर्यालको बढुवा रोक्न सर्वोच्चमा

काठमाडौं, २१ कात्तिक/आफु भन्दा जुनियर डीआइजीलाई एआइजी बनाउने सरकारको निर्णय विरुद्ध डिआइजी पार्वती थापाले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।डिआइजी उपेन्द्रकान्त अर्याललाई पहुँच तथा प्रभावका आधारमा अर्यालको बढुवा गरिएको र आफुलाई महिला भएकै कारणले बढुवा नगरिएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेकी हुन ।

digकात्तिक १४ गते बसेको मन्त्रिपरिषद बैठकले डीआइजी अर्यालललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनको बढुवा संगै उनलाई आइजीपी बन्ने बाटो समेत खुलेको छ । आइजीपी कुवेरसिंह रानाले यहि कात्तिक २९ गते अवकाश पाउने भएकोले उनको आइजीपी हुने बाटो खुलेको हो । रिटमा थापाले आफु एआइजीको दावेदार भएको उल्लेख गर्दै अर्यालको बढुवा रोकेर आफुलाई बढुवा गर्न सर्वोच्चसंग अन्तरिम आदेशको माग गरेकी छिन ।

कमेन्टहरु
Loading...