पोखरा । नेपालमा थप १ हजार ४ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जोगेश्वर गौतमले नेपालमा थप १ हजार ४ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो संक्रमणको दर अहिलेसम्म कै उच्च हो । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ७२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । त्यस्तै पछिल्लो समय नेपालमा १० हजार ७ सय १ जनाको नमुना परीक्षण गरिएको थियो ।
नेपालमा अहिले कोरोना भाइरस संक्रमित भइ १ सय ७० जना आइसियुमा उपचाररत रहेका छन् भने २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु तथा हुम्ला कोरोनामुक्त जिल्ला हुन् ।
नेपालका सुनसरी, सर्लाही, काठमाडौं, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा मोरङका ४० वर्षीय महिला सहित महोत्तरीका ६५ वर्षीय, धनुषाका ४५ वर्षीय, काठमाडौंका ७० वर्षीय तथा नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म ३ सय २२ पुगेको छ ।