पोखरा । पोखरा महानगरपालिकाका थप २ जना सहित गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० का ४० वर्षीय तथा वडा नम्बर १५ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा १५ का पुरुष प्रहरी हुन् । उनी वडा प्रहरी कार्यालय रामबजार पोखरामा कार्यरत रहेका छन् । आज बिहान पनि पोखराका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १ का ८५ वर्षीय पुरुष तथा तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँ कै देवघाट गाउँपालिका वडा नम्बर ४ तथा वडा नम्बर ५ का ४२ तथा २७ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका ८५ वर्षीय पुरुष तथा तनहुँ म्याग्देका ६० वर्षीय महिला पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् ।
त्यस्तै लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर ८ का ४६ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय ७९ पुगेको छ ।