पोखरा । पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका १० पार्कल्याण्ड हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी तथा गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी सहित थप २६ जनालाई कोरोना भाइरस स्रंक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा पोखरा फुड्स प्रालिका कार्यरत रहेका थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २० महिला तथा ४ जना पुरुष रहेका छन् । आज बिहान समेत पोखरामा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यता तनहुँमा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का हुन् । संक्रमितमध्ये १ पुरुष तथा २ जना महिला रहेका छन् ।

यस्तै बाग्लुङमा समेत थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको तामनखोला १ का २ पुरुष तथा ४ महिला सहित वडा नम्बर २ तथा वडा नम्बर ५ का १/१ जना महिला र वडा नम्बर ८ का १ जना पुरुष रहेका छन् ।
यस्तै गोरखामा समेत थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा क्रmममा जिल्लाको गारेरखा नगरपालिका वडा नम्बर ७ का ३ पुरुष तथा ५ महिला, बारपाक सुलिकोट ५ का १ पुरुष, वडा नम्बर ७ का २ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यता भीमसेनथापा ३ का १ पुरुष तथा सिरानचोक ६ का १ पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ६ सय ६० पुगेको छ ।
