संघीय समाजवादी कास्कीको चुनावी चहल पहल

पोखरा, १७ कात्तिक/नेपालीको चाड तिहारको माहौलसँगै संघीय समाजवादीका उमेदवारहरुले चुनावी अभियान अन्र्तगत जनतालाई संगठित गर्ने र मतदातासँग भेटघाटलाई निरन्तरता दिएको छ । कास्की क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङलाई विजयी गराउन सैमर्याङ गाविसको वार्चोकस्थित लम्तरी सत्य युवा क्लवका अध्यक्ष गणेश गुरुङको अध्यक्षतामा १७ सदस्यीय संघीय समाजवादी चुनाव प्रचार प्रसार गठन भएको छ ।यसरी नै लेखनाथको वडा नं १,२, ३ मा घरदैलो र विभिन्न तमु समाजहरु लगायत संघसंस्थाहरुमा उमेदवार मनबहादुर गुरुङ लगायतको टोलीले भेटघाट गरेको छ । यसरी नै क्षेत्र नं. २ का उमेदवार देवीराज गुरुङले आज पोखराको १२, १३ र आर्वा विजय गाविसमा घरदैलो एवं भेटघाट सम्पन्न गर्नुभएको छ । रक्षामार्ग, गुम्वाफेदी, समृद्धिमार्ग, गौडाकोमुख, जयगंगामार्ग, जयनेपालमार्ग, हिमाली मार्ग, दुईकुलाको मुहान, पाटनवेसी, कञ्चनटोल, ढल्केपुल, सहकारी, कसेरी, काहुँखोला लगायतका क्षेत्रमा घरदैलो गर्नुभएको छ ।

यसैगरी क्षेत्र नं. ३ का उमेदवार पानबहादुर घर्तीले आज पोखरा उपमहानगरपालिकाको वाड नं. ८, ९ र १७ मा मतदाताको घरदैलो र भेटघाट गर्नुभएको छ । यसरी नै क्षेत्रीय निर्वाचन कार्यलय सिर्जनाचोकमा चुनावी अभियानको समिक्षा र आगामी योजनाका बारेमा क्षेत्रीय कार्यकर्ताहरुको भेला सम्पन्न गरेको छ । क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङलाई विजयी गराउन लुम्ले गाविस वडा नं. ९ लान्द्रुकमा शंकरमान गुरुङको अध्यक्षतामा ३७ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लोकबहादुर परियार, सचिवमा राम गुरुङ, सहसचिवमा लिला राई र किम्चे बराह युवा क्लवको अध्यक्ष राजु गुरुङ सल्लाहकार रहेको समिति गठन गरेको छ ।

कमेन्टहरु
Loading...