लेखनाथमा जग्गा कारोबार बढ्दा पोखरामा घटे

कास्की । कास्कीमा कोरोना महामारीको समयमा पनि मालपोत कार्यलयका सेवाग्राहीको भीड उत्तिकै छ ।

मालपोत कार्यलय पोखराको तुलनामा लेखनाथ कार्यलयमा जग्गा कारोबार गर्नेहरुकोे संख्या उच्च छ ।

मालपोत कार्यलय लेखनाथका प्रमुख हरि भुजेल लेखनाथमा पछिल्लो समय सस्तोदरमा जग्गा विक्री गर्नेको क्रम बढेको छ ।

उनका अनुसार बैंकहरुको ऋणको मारमा परेकाहरुले धमाधम सस्तो दरमा जग्गा विक्रि गर्ने गरिरहेका छन् ।

‘पुरानो भन्दा पनि नयाँ कारोबार बढेको छ लेखनाथमा, बैंकको ऋण तिर्नका लागी पनि जग्गा सस्तोमा फाल्नेहरुको संख्या बढ्दै गएको छ’,उनले भने ।

जग्गाको कारोबार चलायमान देखिएपनि अर्थतन्त्रमा यसले त्यती सधाउ नपुग्ने भुजेल बताउँछन् ।

मालपोत लेखनाथमा रोक्का फुकुवा गर्नेहरुको पनि संख्या उत्तिकै बढेको छ ।

पछिल्लो समय कोरोना महामारीका कारण बैंकहरुले नयाँ ऋणीलाई व्याजदर कम गर्दै आएका कारण पुराना बैंक तथा सहकारीमा रहेको ऋण तिरी नयाँबाट ऋण लिनेको क्रम बृद्धि भैरहेको हो । बैंकहरु आफ्नोमा कारोबार बढाउनका लागी ग्राहकको खोजीमा छन् ।

‘सकभर ऋण तिरौं भन्ने केहीको छ भने धेरले पुरानो बैंकबाट नयाँ बैंक तथा सहकारीमा सारिरहेका छन्’,भुजेलले भने ।

सेवाग्राहीका भीडकै कारण भौतिक दुरी कायम गर्न नसकिएको उनी बताउँछन् ।

‘एकदमै जोखिम मोलेर सेवाप्रवाह गरिरहेका छौं चाहेरपनी भौतिक दुरी कायम गर्न सकिएको छैन’,उनले भने ।

उनका अनुसार गत साउन महिनामा मात्रै पुँजीगत लाभकर बाहेक २ करोड ४९ हजार ७ सय ९३ राजश्व संकलन भएको छ ।

मालपोत पोखरामा भने असारयता रोक्का फुकवा गरि बैंक तथा सहकारी परिर्वतन गराउनेको संख्या करीब ३ सयको हाराहारी छ ।

नयाँ किनबेचको कारोबार भन्दापनि बढि मात्र रोक्का फुकवा गरि एउटा बैंकको ऋण तिरेर अर्को बैंकबाट ऋण लिनेको संख्या बढेको मालपोत कार्यलय पोखराका सूचना अधिकारी केशव सुवेदी बताउँछन् ।

पोखरा कार्यलयमा हाल दैनिक १ सय ५० देखी २ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् ।

जसमा ४० देखी ५० को हाराहारीमा रोक्का फुकवा गर्न सेवाग्राही आउने गरेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकाका २५ वटा वडालाई मालपोत कार्यलयले सेवा दिदैं आइरहेको छ ।

सुवेदीका अनुसार कोरोना महामारी कै बीचमा धितो तथा गाउँ तिरका जग्गाको अंशका सेवाग्राही, चेक अनादार , सम्बन्ध विच्छेदपछिको अंशबण्डा जस्ता कामका लागी सेवाग्राही कार्यलयसम्म आइपुग्ने गरेका छन् ।

मालपोत कार्यलयले वडा अनुसार दिन तोकेर सेवा दिदैं आएको छ । जसकारण पहिले झै सेवाग्राहीका् भीड छैन ।

‘कोरोनाको संक्रमणका कारण वडागत रुपमा छुट्टाइएको छ बार तोकिएको छ यसकारण केही सहज चाँही भएको छ’,सुवेदीले भने ।

कमेन्टहरु
Loading...