कोरोनाबाट पछिल्लो पटक १४ जनाले ज्यान गुमाए, थप १३ सय ५९ लाई संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्म कै उच्च १ हजार ३ सय ५९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा अहिलेसम्म कै उच्च कोरोना संक्रमित भेटिएको जानकारी दिएका हुन् । उनका अनुसार यसरी संक्रमित हुनेमा ८ सय ९५ जना पुरुष छन् भने ४ सय ६४ जना महिला रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

आजसम्ममा नेपालमा १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टाको अवधीमा नेपालमा १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनामुक्त भएर १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन् । ससंगै नेपालमा कोरोनामुक्त हुनेको कुलसंख्या २५ हजार ५ सय ६१ पुगेको छ । नेपालमा अहिलेसम्म १ सय ५१ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १४ जनाले ज्यान गुमाएको ब्रिफिङका क्रममा डा.गौतमले जानकारी दिएका छन् । ज्यान गुमाउनेमा १० पुरुष सहित ४ जना महिला रहेका छन् । यसरी कोरोनाबाट पछिल्लो समय ज्यान गुमाउनेमा कास्कीका ३१ वर्षीय सहित सप्तरीका ५५ वर्षीय २ जना, प्युठानका ५८ वर्षीय १ जना, पाल्पाका ६३ वर्षीय, रुपेन्देहीका ७८ वर्षीय, सुर्खेतका ४२ वर्षीय, नवलपरासीका ३७ वर्षीय, धनुषाका ६५ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै ज्यान गुमाउने महिलामा काठमाडौंका ३ जना छन् । उनीहरुको उमेर २२, ६७ तथा ८२ रहेको छ । त्यस्तै चितवनकी ३५ वर्षीय महिलाको समेत कोरोनाबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।

हुम्ला र डोल्पा सहित मुस्ताङ, मुगु, सोलुखुम्बु तथा ताप्लेजुङ जिल्लामा कोरोना शुन्य रहेको छ । त्यस्तै नेपालमा काठमाडौं, ललितपुर, चितवन, धनुषा, मोरङ, रौतहट, महोत्तरी, बारा, सर्लाही, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

कमेन्टहरु
Loading...