सागर राज तिमिल्सिना
पोखरा, १७ कात्तिक/तिहारको छेको पारेर पोखरामा आयोजना भएको पुष्प व्यापार मेलामा सन्चाल भयो । मेलामा विभिन्न ठाउँबाट फुलका पारखीहरु मेलामा आए । ‘मेलामा आउने संख्यासंगै फुलको कारोबार राम्रो भैरहेको छ ।’ आयोजक फ्लोरिकल्चर एशोसियसनका अध्यक्ष दयाकुमार द्वाले भने–‘पोखरामा पुष्प सँस्कृतिको विकास हुँदै गएको यहाँ भिजिट गर्न आउनेहरुको संख्याले देखाएको छ ।’
२५ वटा स्टल रहेको मेलामा झण्डै २५ लाखको कारोबार हुने आयोजकले जनाएको छ । मेलामा १५ रुपैया देखि १ लाख ५० हजार पर्ने फुलहरु राखिएका छन् । कस्ता कस्ता छन् त फुलका सजावट ।