काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले आज साँझसम्ममा राजीनामा दिने घोषणा गरेका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकमा मन्त्री डा.खतिवडाले राजीनामा दिने घोषणा गरेका हुन् । हिजो बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेता बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने बताएका थिए । प्रधानमन्त्रीको निर्णय अनुसार गौतमको नाम सरकारले सिफारिस गर्ने बताइएको छ ।
