कोरोनाबाट रुपन्देहीका २ जनाको मृत्यु

बुटवल । कोरोना भाइरस संक्रमणबाट रुपेन्देहीमा आज २ जनाको ज्यान गएको छ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा बसेका १ जना भैरहवाका तथा बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार गराइरहेकी १ महिलाको मृत्यु भएको हो ।

होम आइसोलेसनमा बसेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय पुरुषलाई ४ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि पुगेका उनलाई संक्रमण पुष्टि भएको थियो । उनको दुवै मृगौलामा समस्या रहेको थियो । डायलासिस गराउनका लागि आज अस्पताल लैजाने तयारी गर्दागर्दैै उनको घरमा नै मृत्यु भएको हो ।

सोही नगरपालिकाको वडा नम्बर ७ की ६४ वर्षीय महिलाले समेत आजै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनलाई यही भाद्र १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मुटु अस्पतालमा उपचाररत रहेकी उनको आज बिहान पौने ९ बजेको समयमा मृत्यु भएको हो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मृक्तक महिलाको आइसियूमा भन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । भदौ ४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनलाई निमोनिया सहित उच्च रक्तचाप, मृगौला तथा मधुमेहको समस्या थियो । आज बिहान नै बुटवल उपमहानगरपालिका ८ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

कमेन्टहरु
Loading...