बुटवलमा ७८ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु

बुटवल । बुटवल उपमहानगरपालिका ८ का १ जना वृद्धको कोरोना भाइरस संक्रमणबाट आज मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ८ का ७८ वर्षीय वृद्धको आज बिहान कोरोना विषेश अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यही भदौ ४ गते अस्पताल भर्ना भएका उनी उच्च रक्तचाप सहित मधुमेहबाट ग्रसित थिए ।

कमेन्टहरु
Loading...