त्रिवि अस्पतालमा तनहुँकी २० वर्षीय महिला सहित २ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँकी २० वर्षीय महिला तथा काठमाडौंका ७५ वर्षीय पुरुष रहेका छन् । परीक्षणका क्रममा हिजो मात्र तनहुँकी महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनलाई मृगौला तथा बाथ रोग समेत रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । यता प्रेसर तथा सुगरका बिरामी रहेका काठमाडौंका वृद्धलाई भदौ १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । दुवैको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...