२५ दिन बित्यो तर पोखरा महानगरको पौने दुई करोडको हिसाब आएन

पोखरा\पोखरा महानगरपालिका कार्यालयबाट हराएको एक करोड ७३ लाखको हिसाब अझैसम्म पनि आएको छैन । महालेखा परिक्षकको कार्यलयले एक करोड ७३ लाख हराएको भनेपछि पोखरा महानगरमा जागौँ पोखरा अभियानले हिसाब खोज्नका लागि मेयरलाई ज्ञापनपत्र बुझाएको थियो ।
जागौँ पोखरा अभियान लगायतकाहरुले उठाएको प्रश्नको उत्तर दिने क्रममा पोखरा महानगरपालिका नगरप्रमुख मानबहादुर जिसिले २५ दिनभित्र हिसाब पेश गर्ने प्रतिबद्धता जनाएका थिए । मेयर जिसिले प्रतिबद्धता जनाएको पनि आज २५ दिन पुगेको छ । तर हिसाब सार्वजानिक हुन सकेन ।
बिशेष स्रोतका अनुसार कर्मचारीहरुले हिसावकिताबको बिवरण पेश गर्न नसक्दा रकम हिनामिना भएको हुनसक्छ । अझै केहि महिना हिसाबकिताब सार्वजानिक हुने छाटकाँट नै छैन । मेयरले प्रतिबद्धता गरेको २५ दिनमा हिसाब खोजीमा मेयर जिसिले कस्तो एक्सन लिन्छन त्यो भने हेर्न बाँकी छ ।

कमेन्टहरु
Loading...