पोखरा । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको ज्यान गएको छ । महेत्तरीको मनरा सिसवाका ३७ वर्षीय हेल्थ असिस्टेन्टको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।
मृत्यु भइसकेपछि ललितपुरको बयोधा अस्पतालमा लगिएको उनको स्वाब कोरोना परीक्षणका लागि निजी क्लिनिकमा पठाइएको थियो । निजी क्लिनिकमा गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मृक्तकलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा नै ज्यान गएको थियो । मृक्तकका श्रीमतीलाई समेत कोरोना भाइरस संक्रमण देखिएको छ । उनको समेत बयोधा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।