उपमेयर गुर्जाे खोज्दै जब जंगल पसिन् …

गन्थन डेस्क

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम गुर्जाे खोज्दै वडा नम्बर ३ को घना जंगल पुगेपछि उनकाे प्रशंसा झनै चुलिएकाे छ ।

केही सहयोगीसहित जंगल पुगेकी उनी फर्कदा जडिबुटी भनेर कहलिएको गुर्जाेको भारीसहित थिइन् । उनले उक्त फोटो सामाजिक सञ्जालमा पोस्ट गरेपछि मिश्रित प्रतिक्रिया पाएकी छिन् । आयुर्वेदिक औषधीय गुणले भरिपूर्ण गुर्जाेले कोरोना संक्रमितलाई ठिक पार्नसक्ने भन्दै उनले उक्त काम गरेकी हुन् । संक्रमितहरु घरमै बस्नुपर्ने बाध्यताका कारण गुर्जाे खोज्न जान नसक्ने हुँदा आफै अघि सारेको धारणा छ ।

उनले गुर्जाेको बिटा टाउकोमा बोकेकी छिन् । यसैलाई लिएर कतिपयले उनलाई ‘पदीय मर्यादा भुलेको’ भन्दै टिप्पणी गरे । जवाफमा उपमेयर गौतमले भनेकी छिन्, ‘म काम गरेर खाने परिवारकी हुँ, हिजोको दिनमा मैले भारी बोकेकी हुँ, कार्यकाल सकिएपछि पनि भारी बोक्छु, मलाई भारी बोक्न लाज लाग्दैन ।’ यतिमात्र हैन गौतमले संक्रमितलाई फलफुल र गुर्जाे लिएर भेट्न जाने गरेकी छिन् ।

चिकित्सकहरुले गुर्जाे रोग र अन्य संक्रमणबाट बचाउने जडिबुटी हो भनेको सुनेपछि जंगल पसेको बताएकी छिन् । हालसम्म करिब ३ दर्जन संक्रमित र अन्यलाई गुर्जाे दिएको उनी सुनाउँछिन् ।

तस्बिरहरूः उपमेयर गाैतमकाे वालबाट

कमेन्टहरु
Loading...