पोखरा । भक्तपुरमा होम आइसोलेसनमा बसेका ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका १ का उनको शनिबार राति मृत्यु भएको हो । उनले उच्च रक्तचाप सहित मधुमेहको समेत औषधी सेवन गरिरहेका थिए । मृक्तकलाई यही भदौ ११ गते श्वासप्रश्वासमा समस्या आए पछि शंकाको आधारमा स्वाब लिएर पिसिआर परीक्षण गर्दा भोलिपल्ट १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
अस्पताल जान आग्रह गरिए पनि एक्लै बस्न नसक्ने परिवारले जानकारी दिएका थिए । त्यसपछि उनलाई होम आइसोलेसनमा नै राखिएको थियो । मृक्तक वृद्धको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने भएको छ ।