कोरोना नेपालः शनिबार थप८ सय ८४ संक्रमित

गन्थन डेस्क

नेपालमा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ८८४ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा १६ हजार ५ सय ७८ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा ३ सय १३ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको छ ।

आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९५ जना रहेको छ । शनिबार पीसीआर विधिबाट १० हजार ९ सय ७१ जनाको कोरोना परीक्षण भएको छ ।

अहिलेसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् ।

कमेन्टहरु
Loading...