के साँच्चै कोरोनाको उपचार गर्छ, चरक मेमोरियल अस्पतालले ?

पोखरा\पोखरामा कोरोना संक्रमण दर बढ्दै गर्दा चरक मेमोरियल अस्पतालले कोरोना संक्रमितको उपचार गराउँने दावी गरेको छ । तर अहिलेसम्म बिश्वभर कोरोनाको औषधी बनेको छैन । आफ्नै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पतालले आफ्नो स्वास्थ्यकर्मीको उपचार आफ्नै अस्पतालमा गर्दै आएको थियो ।
चरक मेमोरियल अस्पताल गण्डकी प्रदेश सरकारले कोरोना उपचारका भनि तयार गरेको एक निजि अस्पताल हो ।
आजसम्म चरक मेमोरियल अस्पतालले आफ्नै स्वास्थ्यकर्मीबाहेक अन्य संक्रमितको भने उपचार गराएको छैन । आफ्नै स्वास्थ्यकर्मीको उपचार अस्पतालमा नै गरेपछि अन्य कोरोना संक्रमितको उपचार पनि गर्ने अवस्थामा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।
बिशेष स्रोतका अनुसार कोरोना उपचार अस्पतालमा नै गर्ने भने पनि अस्पताल प्रशासनले आजसम्म आफ्नै क्वारेन्टीन बनाएको छैन । निजि अस्पतालले ज्वोरोका विरामीलाई लिन नमानिरहेको बेला चरक अस्पतालले उपचार कसरी गर्छ त्यो भने हेर्न बाँकी छ ।

कमेन्टहरु
Loading...