पोखरा\कोरोना संक्रमणको दर बढ्नुको पछाडी स्वाब निकालेर लखरलखर डुलि हिड्नुलाई मुख्य कारण मानिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार कतिपय व्यक्तिहरु स्वाब संकलनपछि पनि क्वारेन्टीन नबसीकन बिन्दास भएर हिड्दा कोरोना संक्रमणको दर बढेको हो ।
त्यो समस्या पोखराका मात्र नभएर देशभरकै समस्या भएको कारण स्वाब परिक्षणपछि अनिवार्य क्वारेन्टीन बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती नै निकालेर अनुरोध गरेको छ । पोखरामा पनि यो समस्या बढ्दै गएपछि स्वास्थ्यबिदहरुले अनिवार्य क्वारेन्टीन बस्न आग्रह गरेका छन् । त्यसो गरिएन भने संक्रमण दर झन उच्च भएर जाने उनीहरुको दावा छ ।
पोखराका केहि निजि अस्पतालले समेत आफ्नोमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पिसिआर परिक्षणका लागि स्वाब लिएपछि घर पठाउनेजस्तो गैह्र जिम्मेबार काम गरेरहेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार अस्पताल र बित्तिय संस्थाहरुले अनिबार्य रुपमा क्वारेन्टीन स्थापना गर्नेछ ।
२०८२ पुष ११ गते शुक्रबार