पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा सदस्य भरतराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय माधव सापकोटालाई अपहरण मुद्धामा निलगिरी नेश्रल जोइन्ट भेन्चरका बसन्त लामा (ठेकेदार)सहित पोखरा २३ कै रामु भण्डारी र वडा सदस्य भण्डारी बिहीबार पक्राउ परेका हुन् ।
यस विषयमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले बताए । ‘सापकोटा बस्ने फ्ल्याट नजिकैको एक घरमा अपहरण राखेका रहेछन् । आवश्यक अनुसन्धान भइरहेको छ ।’ डिएसपी ढकालले भने ।
घटनाको बिउ लामाकी श्रीमती र सापकोटाबीचको सम्बधबारे लामाको आशंका रहेको बुझिएको छ । ‘५/६ दिन अगाडि लामाकी श्रीमतीलाई सापकोटाले माइती घरमा पु¥याइदिएका थिए रे । मेरो श्रीमतीलाई म आफै पु¥याउँथे किन लगिदिएको ? भनेर लामाले सापकोटालाई न थुनछेक गरेका रहेछन् ।’ वडा नंम्बर २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीले गन्थन डटकमसँग भने । वडा सदस्य भण्डारी अपहरणको मतियारका रुपमा पक्राउ परेको पनि उनले जानकारी दिए । लामा र सदस्य भण्डारी साथी–साथी रहेको पनि बताइएको छ ।