गण्डकी अस्पतालको इमर्जेन्सी सिल भएपछि बिरामीको बिचल्ली

पोखरा \पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको गण्डकी अस्पतालको ईमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएपछि ईमर्जेन्सी वार्ड बन्द हुँदा बिरामीहरुको बिचल्ली भएको छ । बिहिबार सामाजिक संजालमा पोखराको एउटा सिल भएको इमर्जेन्सीमा उपचार कुरेर बसेको बिरामीको तस्विर भाइरहल भएको छ ।
सडकपेटीमा बुधबार भेटिएका बिरामीलाई प्रहरीले गण्डकी अस्पताल पु¥याएको थियो । तर अस्पताल पु¥याउँदा अस्पताको ईमर्जेन्सी बन्द थियो । र पनि बिरामी उपचारको अचाशमा सुतिरहेका थिए ।
पोखराको सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा बिकास गराउँदा सामान्य बिरामीहर पनि उपचार नपाई मर्नुपर्ने अवस्थाको सिर्जना हुँदैछ । सरकारी अस्पताल सिल हुने अनि पोखराका निजि अस्पतालले ज्वोरोको बिरामी पनि नहेर्दा बिरामीको बिचल्ली भएको छ ।
यद्यपी बिहिबार बेलुकाबाट गण्डकी अस्पतालको इमर्जेन्सी वार्ड संचालनमा आईसकेको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले निर्देशक डाक्टर अर्जुन आचार्यले बताए ।

तस्विर– महादेव पौडेल

कमेन्टहरु
Loading...