भिमादका मगर सामाजिक सञ्जालमार्फत् ठगी गर्ने ३ जना पक्राउ

चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेका हुन् ।

सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी २ लाख ५३ हजार २ सय ४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई २ लाख ७५ हजार ६ सय ४५ ठगी गरेको गुरुङले जानकारी दिएका छन् ।

पक्राउ परेकाबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।

सो परिचय पत्रका आधारमा रकम निकाली उक्त रकम सत्कार लुँइटेल, रामकुमार तामाङ, निशाकुसुम भट्टराई, लोकप्रसाद भूर्तेल, मञ्ज केसी र तोजबहादुर केसीको खातामा पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालत चितवनमा ठगी र लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको उनले जानकारी दिएका छन् । उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरी विदेशीको फोटो राखी नक्कली खाता खोलेर महिलालाई साथी बनाई इटाली, अमेरिका, अष्टे«लिया, सिंगापुर, फ्रान्सजस्ता देशबाट बोलेको भन्दै उपहार पठाइदिने भनि पठाउँदा लाग्ने खर्च मागेर ठगी गरेको प्रहरीले जनाएको छ । सोही मुद्दामा अन्य ६ जना फरार रहेको र खोजी जारी रहेको उनले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...