पोखराको फिस्टेल अस्पतालले ज्वारोको बिरामीलाई अस्पतालको गेटबाट नै फर्कायो

पोखरा\स्याङ्जा फेदीखोला गाउँपालिकाबाट उपचारका लागि पोखराको गैह्रापाटनमा रहेको फिस्टेल अस्पतालले थमक कुमारी गुरुङलाई फिस्टेल अस्पतालले बुधबार ज्वोरो देखिएको भन्दै अस्पतालबाट फर्काएको बिरामीको छोराले आरोप लगाएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै बिरामीका आफन्त चुनबहादुर गुरुङले विरामीलाई ज्वोरो आएको कारण नै अस्पतालले विरामी फिर्ता गरेको आरोप लगाएका हुन ।


बिरामीका आफन्त गुरुङले फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदी र गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई पनि ट्याग गरेर स्टाटस लेखेका हुन् ।
बिरामीका छोरा लेखबहादुर गुरुङका अनुसार ज्वोरोको विरामीलाई राख्न नसक्ने भन्दै अस्पतालको गेटबाट नै फर्काईदिएको थियो ।
फिस्टेल अस्पतालबाट निकालिएपछि बिरामीलाई उपचारका लागि पद्म नर्सिङ होममा लगिएको थियो । पदम नर्सिङ होमले फेरी पोखराकै गण्डकी मेडिकल कलेजलाई बिरामी रिफर गरेको थियो । अहिले विरामीको पोखरा नयाँ बजारमा रहेको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ ।
घटनाको बारेमा हामीले फिस्टेल अस्पतालका प्रशासकिय प्रमुख मधु ज्ञावालीलाई बुझ्न खोज्दा घटनाको बारेमा आँफु अनविज्ञ रहेको जानकारी दिईन् ।

कमेन्टहरु
Loading...