पोखरा\पोखरामा कोरोना संक्रमणको कारणबाट बिहिबार मृत्यु भएकी ३२ बर्षिय संक्रमितको विगत केहिदिन देखि निजि अस्पतालहरुमा डुलाएर अन्तिममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगि निधन भएको छ । पोखराको मणिपाल अस्पतालमा भर्ना भएकी उनलाई मणिपाल अस्पतालले उनलाई आइसियुमा राख्नुपर्ने भएको भन्दै पोखराकै कास्की सेवा अस्पताल रिफर गरेको थियो । उनले मणिपाल जानुअघि साई अर्चना अस्पतालमा उपचार गराएको पोखरा महानगरका स्वास्थ्य शाखाका कर्मचारीले जानकारी दिए ।
साहि अर्चना अस्पतालमा चारदिन उपचार गराउँदा पनि ठिक नभएपछि उनी उपचारका लागि मणिपाल अस्पतालमा पुगेको स्रोतको दावी छ । मणिपालबाट कास्की सेवा अस्पतालमा उपचार गराईरहेकी उनलाई अस्पतालबाट नै कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । सोहि अस्पतालको आइसियुमा तनहुँको एक संक्रमितको पनि मृत्यु भएको थियो ।
भदौ ७ गते कोरोना रिपोर्ट पोजेटीभ आएको उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखेर उपचार गराउँदै गर्दा आज विहान करिब ८ बजे उनको निधन भएको छ । संक्रमित भएकी महिलाको श्रीमान कामको शिलशिलामा जिल्ला बाहिर रहेका थिए । मृतकको दुई सन्तान भएको महानगरका कर्मचारीले बताए ।
२०८२ पुष ११ गते शुक्रबार
पोखराका निजि अस्पताल डुलाउँदा डुलाउँदै सरकारी अस्पतालमा मृत्यु
कमेन्टहरु