काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम उक्तिकै रहेको भन्दै काठमाडौं उपत्यकामा थप १ हप्ताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौं सहित ललितपुर तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायको प्रमुख, तथा अन्य सम्बन्धित पक्षसंगको छलफल पश्चात ३ भदौ ३ गतेबाट जारी भएको निषेधाज्ञा फेरि १ हप्ताका लागि लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा अब भदौ १७ गतेसम्म कायम रहने भएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने छ भने थप कडाई समेत गरिने भएको छ । निषेधाज्ञा थप भएसंगै उपत्यकामा कोरोना संक्रमणको दर घट्ने विश्वास लिइएको छ ।
