प्रहरीले पत्रकारलाई गरेको दुर्व्यबहार भर्त्सनायोग्य – पत्रकार महासँघ कास्की

पोखरा \एभिन्युज टेलिभिजका गण्डकी प्रदेश ब्युरो प्रमुख सुमन ढुङ्गानालाई पोखरा २६ बुढीबजारबाट कार्यालय आउने क्रममा पोखराको बुद्धचोकमा रहेको ट्राफिक प्रहरीले गरेको अभद्र व्यबहारको नेपाल पत्रकार महासँघ कास्की शाखाले भर्त्सना गरेको छ । पत्रकार महासँघ कास्की शाखाका सचिव राम प्रसाद तिमिल्सिनाले जारी गरेको बिज्ञप्तीमा कोरोना संकटको समयमा पनि जोखिम बहन गरेर आफ्नो काममा खटिएका पत्रकारहरुलाई अनाहकमा दुख नदिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीसँग अनुरोध गरेको छ ।
महासँघले संचारकर्मी सुमन ढुङ्गानाप्रति प्रहरीले गरेको दुर्व्यबहारको भर्त्सना गर्दै अब संचारकर्मीहरुलाई दुरुत्साहन गर्ने गतिविधि नदो¥याउन पनि अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...