पोखराकोरोना संक्रमण सुरुवातको दिनमा प्रदेशको तयारी भव्य गरिएको भनेर हल्ला गरे पनि प्रदेश सरकारले तयारी भने खासै देखिएन । स्थानिय तहले क्वारेन्टीनहरुको व्यबस्थापनको काम गरिरहेका थिए । केहि समय अघिसम्म बिदेशबाट आउनेहरुको संख्या क्वारेन्टीनले धान्ने अवस्था थिएन ।
संक्रमणको सुरुवाती चरणमा सामान्य ज्वोरोका विरामीलाई पनि निजि अस्पतालहरुले अस्पतालको गेटबाट नै फर्काईदिएको थियो । सुरुवाती चरणमा गण्डकी प्रदेशमा न पिसिआर परिक्षण गर्ने ल्याव थियो नत त्यो खालको जनशक्ति नै थियो । त्यस्तो संकटको समयमा गण्डकी अस्पतालले आफ्नो अस्पतालमा विरामी लिने र छुट्टै कोरोना शाखाको निर्माण गर्ने कामको थालनी ग¥यो ।
तर प्रदेश सरकार भने पोखराको निजि अस्पताहरुको ब्राण्डिङ गर्दै फलानो अस्पतालले प्रदेश सरकारलाई यति आइसोलेसन बेड दिएर सहयोग गर्ने भयो भनेर हल्ला गर्न नै व्यस्त बन्यो । तर ति अस्पतालहरुले आइसोलेसनमा संक्रमितहरुलाई राखेनन बरु अस्पतालको गेटबाट नै ज्वोरोका बिरामीहरुलाई फिर्ता गरिदियो ।
सामान्य परिवारका बिरामीहरुको उपचार गर्ने गण्डकी अस्पताल मानेपनि नमानेपछि कोरोना अस्पतालको रुपमा स्थापित भयो । र गण्डकी अस्पतालमा थप ४० वेडको आइसोलेसन वार्ड निर्माण गरियो । आइसोलेसन वार्डको निर्माणपछि पोखरामा संक्रमितहरुको उपचारमा अलि सहज भयो ।
गण्डकी प्रदेश सरकारले कोरोना अस्पताल बनाउने भनेर हल्ला गरेको छ महिना पनि बल्ल लेखनाथ लायन्स अस्पताल बल्ल कोरोना अस्पतालको रुपमा विकास भयो र ३४ जना संक्रमितहरु अट्ने आइसोलेसन बेड एक हप्ता अगाडीबाट मात्र सुचारु भयो ।
कोरोना संक्रमणको समयमा प्रदेश सरकारलाई राम्रो सहयोग गरेको गण्डकी अस्पताललाई सहयोग गर्नुको सट्टा त्यहि अस्पतालको खेदो खन्न प्रदेश सरकार लाग्नुले हिड्ने गोरुको पुच्छन निमोठ्नु भन्ने उखानको चरितार्थ भएको देखिन्छ ।
२०८२ पुष ११ गते शुक्रबार
गण्डकीले अस्पतालले जोगाईदियो प्रदेश सरकारको साख
कमेन्टहरु