गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुग्यो

पोखरा । गण्डकी प्रदेशका थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गत असार १७ गते उपचारका क्रममा म्याग्दीको धौलागिरी गाउँपालिका ४ का ४७ दिनका नाबालकको मृत्यु भएको थियो ।

उनलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

यस्तै स्वास्थय निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पोखरा २९ का २० वर्षीय महिला हुन् ।

यस्तै नवलपरासी ब.सु.पू गैंडाकोट नगरपालिका वडा नम्बर १२ का ४७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । नवलपरासीका पुरुषलाई पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै आज थप गरिएको मृत्युको विवरण सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ९१ पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या १ हजार ६ सय १९ पुगेको छ ।

कमेन्टहरु
Loading...