जरोटुप्पोद्वारा राष्ट्रकविको निधनप्रति समवेदना

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले राष्ट्रकवि माधव घिमिरेको निधनपछि समवेदना व्यक्त गरेको छ । संघका महासचिव मदन भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मान्छेलाई मान्छेको आकार ग्रहण गर्न बोध गराउने एउटा विभूतिको निधनले वाङ्मयको क्षेत्रलाई अपूरणीय क्षति र हाम्रो संस्थालाई मर्माहत तुल्याएको छ ।’

घिमिरे कारुणिकताका कवि भएकाले उक्त सत्य बोध गर्न सकिए समाजमा यौनाचार र पापाचार घट्ने जनाइएको छ । साथै बाँचुञ्जेल घिमिरेको खोइरो खन्नेले गोेहीको आँसु झारेर जनतालाई रणभुल्ल पार्नुको सट्टा उनका सिर्जनाको सामथ्र्य बुझेर आफ्नो जीवनमा अनुशरण गर्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विज्ञप्तिमा उल्लेख छ ।

कमेन्टहरु
Loading...