काठमाडौँ उपत्यकामा २ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा २ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबारसम्म उपत्यकामा २ हजार १३४ जना सङ्क्रमित पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार अहिलेसम्म काठमाडौँमा एक हजार ७०५, भक्तपुरमा १ सय ४७ र ललितपुरमा २ सय ८२ जना रहेका छन् ।

कोरोनाको कारणले काठमाडौँमा नौ जना र ललितपुरमा एक जनाको मृत्यु भइसकेको छ ।

यस्तै काठमाडौँमा १ सय ६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् ।

कमेन्टहरु
Loading...