नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण

पोखरा । नेपालमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । त्यस्तै कोरोनामुक्त भएर पछिल्लो २४ घण्टामा १ सय ६० जना डिस्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोनामुक्त भएर डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।

कमेन्टहरु
Loading...