२ डिआइजी सहित ३७ जनामा कोरोना पुष्टि

काठमाडौं । २ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) सहित ३७ जनालाई कोरोना भाइरस पुष्टि भएको छ । महाराजगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कार्यरत २ जना उच्च प्रहरी अधिकृत सहित ३७ जनालाई आइतबार कोरोना भाइरस पुष्टि भएको हो । अस्पतालमा कार्यरत सबैको स्वाब संकलन गरेर परीक्षण गर्दा सबैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवत्ता कुवेर कडायतले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...