बारा र पर्सामा १० महिला सहित ४७ जनामा कोरोना पुष्टि

पोखरा । बारा र पर्सामा १० महिला सहित ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये बाराका ३, नारायणी अस्पतालका ४ जना कर्मचारी, पर्साका १२ जना र वीरगञ्जका २० जना छन् । यस्तै पर्सागढी नगरपालिकाका २, ठेगाना नखुलेका पन्टौका तथा रक्सौलका १/१ जना समेत संक्रमित भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

यता चितवनको भरतपुर अस्पतालका ३ जना वरिष्ठ चिकित्सकलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी सहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । अस्पतालमा प्रन्टलाइनमा बसेर काम गर्ने डा. तिवारी सहित डा.कृपा पौडेल, प्रा.सुनिलमणि पोखरेललाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । वरिष्ठ चिकित्सक बाहेक अस्पतालमा कार्यरत १ जना नर्सलाई समेत कोरोना पुष्टि भएको छ ।

कमेन्टहरु
Loading...