पोखरा /पोखरा कोरोना संक्रमितको संख्या बढ््दै गर्दा पिसिआर टेष्ट गरेर क्वारेन्टीन नबसी डुलि हिड्नेहरुको संख्या बढिरहेको छ । शनिवार मात्र कोरोना रिपोर्ट पोजेटीभ आएका पोखरा १७ का एक संक्रमित यतिवेला कसैको सम्पर्कमा नरहेको भने पनि केहि समयमा नै उनी पोखरा महानगर स्वास्थ्य शाखाको सम्पर्कमा आएका छन् । ‘संक्रमितले टिपाएको फोनमा सम्पर्क गर्दा उहाँको फोन अफ भएको थियो पछि उहाँसँग सम्पर्क भयो अहिले आइसोलेसनमा लैजाने तयारी हुँदैछ । ’ पोखरा महानगरका स्वास्थ्य शाखाका प्रमुख हेमन्त पौडेलले बताए ।
यसरी पिसिआर परिक्षण गरेर रिपोर्ट पोजेटिभ आएपछि स्थानिय तहका कर्मचारीलाई संक्रमित खोज्नका लागि हम्मे हम्मे परेको छ । जनप्रतिनिधि र स्थानिय निकायसँग समन्वय नगरीकन टेष्ट गर्दा
संक्रमितको खोजी गर्न गाह्रो भएको जनप्रतिनिधिहरु बताउँछन् ।
२०८२ पुष १२ गते शनिबार