पोखरामा शनिबार मात्र संक्रमितको संख्या १२ पुग्यो

पोखरा/पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा शनिवार मात्र १२ जना संक्रमित भएको छ । शनिवार पछिल्लो समय पोखरा २७ मा थप एक जना पुरुषमा कोरोना संक्रमण भेटीएको छ । आज संक्रमित भएका मध्ये अधिकांश मोटोर साइकल वर्कसप र ग्यारेजमा काम गर्ने कर्मचारी रहेको बुझिएको छ । संक्रमित मध्येका धेरै व्यक्तिहरु आँफै पिसिआर परिक्षणका लागि अस्पताल पुगेका थिए ।
संक्रमितहरु पोखराको नयाँबजारदेखि तालचोकसम्मका वर्कसपमा काम गर्दै आएको बुझिएको छ । लकडाउन खुकुलो भएसँगै भारत र नेपालकै मधेसबाट आएक व्यक्तिाहरुमा पनि कोरोना संक्रमण बढेको छ । शनिवार सम्म मात्र गण्डकी प्रदेशमा संक्रमितको संख्या १७०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...