पोखरा/ पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितहरुको डिटेल खोज्न स्थानिय जनप्रतिनिधिलाई महाभारत भएको छ । कहिले सही सुचना नभएको कारण अफ्ठ्यारो परेकोे छ त कहिले संक्रमितहरुले स्थानीय वडाहरुसँग समन्वय नगरिकन आफैं गएर पिसिआर टेष्ट गर्दा उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न गाह्रो भएको पोखरा महानगरपालिकाका एक वडा अध्यक्षले बताए ।
पछिल्लो समय भेटिएका कोरोना संक्रमितहरु पिसिआर परिक्षण गराएर पनि क्वारेन्टीन नबसेको तथ्यहरु भेट्न सकिन्छ । पछिल्लो चरण संक्रमित भएकाहरुको बारेमा वडाका जनप्रतिनिधिहरुसँग बुझ्न खोज्दा उनीहरु बेखबर भएको बताउँछन् । संक्रमितको बारेमा बुझ्नलाई फोन गर्दा स्वास्थ्य शाखाका कर्मचारीहरुले फोन नउठाउने र तत्काल जानकारी दिन नसकेको धेरै वडा अध्यक्षहरुको आरोप थियो ।
शनिवार मात्र संक्रमित भएकाहरुको बारेमा पनि धेरै वडा अध्यक्षहरुलाई खबर छैन । खबर नहुनुको पछाडि संक्रमितहरु आफैं गएर परीक्षण गराउनुलाई उनीहरु मुख्य कारण मान्छन् । संचारकर्मीहरुले पनि कर्मचारीसँग संक्रमितको डिटेल माग्दा आलटाल गरेर टार्ने गरेको आरोप लगाउँदै आएका छन् ।