पोखरामा शनिबार थपिएका २ कोरोना संक्रमित पूर्व संक्रमितका आफन्त

पोखरा / कोरोना संक्रमितको संख्या बढ्दै गर्दा शनिबार मात्र पोखरामा ३ संक्रमित थपिएका छन् । तीमध्ये वडा नं. ५ मा दुई र वडा नंं ८ मा एक थपिएका हुन् ।

वडा नं. ५ मा थपिएका दुई संक्रमित केही दिन अघि संक्रमित भएकी सहकारीको संक्रमितका परिवारका सदस्य भएको वडा नं. ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताए । नेपालीका अनुसार आज थपिएका संक्रमितहरु आइसोलेसनमा लैजाने तयारी भईरहेको छ ।

वडा नं. ८ मा थपिएका संक्रमित भने केही समय अगाडि कतारबाट आएका व्यक्ति भएको वडा नं. ८ का वडा अध्यक्ष रुद्र बरालले बताए । बरालका अनुसार उनी पोखरा आएदेखि नै क्वारेन्टीन बस्दै आएका थिए । उनलाई पनि आइसोलेसन लैजाने तयारी गरिएको छ । उनी बसेको क्वारेन्टीनमा हाल अन्य संक्रमितहरु पनि बस्दै आएको बरालले बताए ।

कोरोना संक्रमितको अपडेटको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय निरन्तर चुक्दै आएको छ । शनिबार थपिएको संक्रमितहरुको विवरण अपडेटमा पनि निर्देशनालय चुकेको छ । वडा नं. ८ को एक र वडा नं.५ को दुई हुनुपर्नेमा निर्देशनालयले गलत सुचना प्रवाह गरिरहेको छ । यसअघि पनि वडा नं. २७ को संक्रमितलाई वडा नं. ३० को भनि गलत सुचना प्रवाह गरेको थियो ।

कमेन्टहरु
Loading...